काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले सांसद पदबाट राजीनामा दिएर नेता भीम रावलले राम्रो नगरेको प्रतिक्रिया दिएका छन्। नेता रावलले सांसद पदबाट राजीनामा दिएपछि संसद् भवनमा पत्रकारसँग प्रतिक्रिया दिँदै गौतमले यस्तो बताएका हुन्।
स्थायी कमिटी बैठकले विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने घुमाउरो चेतावनी दिएको थियो। गौतमले भने, 'विवेकले के भन्छ, त्यो व्यक्तिलाई मतदान गर्न पाइन्छ। यो नै लोकतन्त्रको उच्चस्तरको संस्कार हो।’ सर्वोच्च अदालतको फैसलाले पनि स्वविवेकीय अधिकार प्रयोग गर्न सक्ने अधिकार दिएको थियो।
रावलले केही बेरअघि विकृत राजनीतिको मतियार हुनुभन्दा आफूलाई अलग गर्नु उचित ठानेर राजीनामा दिएको घोषणा गरेका थिए।