बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजीनामा दिएर संसद् र लोकतन्त्र बलियो हुँदैन : रामकुमारी झाँक्री

राजीनामा दिएर संसद् र लोकतन्त्र बलियो हुँदैन : रामकुमारी झाँक्री

'राजीनामा दिएर संसद्, लोकतन्त्र र संविधान बलियो हुन्छ जस्तो मलाई लाग्दैन,' पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन्। झाँक्री र रावल दुवै एमाले वरिष्ठ नेता माधवकुमार नेपालकी पक्षकी सांसद् हुन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सांसद् पदबाट राजीनामा दिएर संसद् र लोकतन्त्र बलियो नहुने टिप्पणी गरेकी छन्। संसद् बैठकमा सहभागी हुन संसद् भवन प्रवेश गर्नुअघि भीम रावलको राजीनामा बारे झाँक्रीको धारणा मागेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्। 

'राजीनामा दिएर संसद्, लोकतन्त्र र संविधान बलियो हुन्छ जस्तो मलाई लाग्दैन,' पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन्। झाँक्री र रावल दुवै एमाले वरिष्ठ नेता माधवकुमार नेपालकी पक्षकी सांसद् हुन्। 

नेकपा (एमाले) को सांसद पदबाट राजीनामा दिएका भीम रावलले राजनीतिको विकृत अभ्यास रोक्न प्रयत्न गरे पनि नसकेपछि राजीनामा दिएको बताएका छन्।

आज आइतबार अपराह्न राजीनामा दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘राजनीतिको विकृत अभ्यास रोक्न प्रयत्न गरें। प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा निजी स्वार्थ देख्दा जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ। यस्ता विकृत राजनीतिको मतियार हुनुभन्दा आफूलाई अलग गर्नु उचित हुन्छ भन्ने लागेर सांसद पदबाट राजीनामा दिएको छु।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने समय हुनै लाग्दा आज उनले संसद् सचिवालय सिंहदरबारमा राजीनामा बुझाएका हुन्।

आफू पार्टी एकताको पक्षमा रहेको भन्दै उनी पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए।

रावल अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी २४ हजार ८८३ मत प्राप्त गरेर विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत प्राप्त गरेका थिए।

प्रकाशित: Jul 18, 2021| 10:45 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।