बिहीबार, भदौ ४, २०८३

माधव नेपालसहित गठबन्धनको साथ यथावत् छ : कांग्रेस

देउवा नेतृत्वको सरकारलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितको समर्थन रहेको उनको भनाइ छ। 'संविधानको रक्षाको लागि गठबन्धन गरी संसदीय मूल्य मान्यताका लागि हिजो जुन साथ थियो, त्यो आज पनि यथावत् रहेको जानकारी गराउन चाहन्छु,' बैठकपछि उनले भनिन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गठबन्धनका सबै  घटक तथा समूहको साथ यथावत् रहेको बताएकी छन्। संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले यस्तो बताएकी हुन्। 

देउवा नेतृत्वको सरकारलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितको समर्थन रहेको उनको भनाइ छ। 'संविधानको रक्षाको लागि गठबन्धन गरी संसदीय मूल्य मान्यताका लागि हिजो जुन साथ थियो, त्यो आज पनि यथावत् रहेको जानकारी गराउन चाहन्छु,' बैठकपछि उनले भनिन्। 

बैठकले संविधानको रक्षाको लागि विघटनको निर्णय बदर गर्ने निर्णयलाई पुनः स्वागतसमेत गरेको उनको भनाइ छ। यस्तै प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेको पनि उनको भनाइ छ। 

शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिँदैछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सांसद् छन्। यसअनुसार देउवाले विश्वासको मत पाउन १३६ सांसदको मत आवश्यक पर्छ।

कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८ र एक जनता स्वतन्त्र सांसद गरी ११० जना सांसदले देउवालाई विश्वासको मत दिनेछन्। देउवालाई प्रधानमन्त्री नयुक्त गर्न परमादेश माग्ने बेला जसपा उपेन्द्र यादव समूहका १२ जना सांसदले हस्ताक्षर गरेका थिए। तर, प्रतिनिधिसभा पुनःस्थापनापछि महन्थ ठाकुर र राजेन्द्र महतो समूहका ७ सांसद आफ्नो समूहमा आएको दाबी यादव पक्षले गरेको छ।

त्यसो हुँदा देउवाका पक्षमा १२९ सांसद पुग्छन्। त्यो भनेको विश्वासको मत सिद्ध गर्न पुग्ने संख्या भन्दा ७ कम हो। परमादेश माग गर्दा एमालेको माधव नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए। तर, देउवाले विश्वासको मत लिन नेपाल समूहका सात सांसदले मत दिए पुग्ने अवस्था आएको छ। यदि नेपाल समूहका २३ जना नै सांसदले विश्वासको मत दिए देउवाका पक्षमा १५३ जना सांसद पुग्नेछन्।

प्रकाशित: Jul 18, 2021| 09:54 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।