काठमाडौं– शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बधाई दिँदै चिनियाँ राजदूतले १६ लाख डोज कोभिड खोप दिने घोषणा गरेको तेस्रो दिन आइतबार भारत सरकारले १५० थान आईसीयू बेड सहयोग गरेको छ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
क्वात्राले महामारी नियन्त्रणमा भारतले नेपालसँग सहकार्य गर्ने बताए। कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालको आवश्यकता अनुसार वितरण गरिने बताए।