सोमबार, साउन १८, २०८३

त्रिवि स्नातक तह दोस्रो वर्षका परीक्षार्थीले एउटै जिल्लाभित्र केन्द्र परिवर्तन गर्न नपाउने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह दोस्रो वर्षको स्थगित परीक्षाका परीक्षार्थीहलाई पायक पर्ने जिल्लाको तोकिएको परीक्षा केन्द्रमा गएर मात्र परीक्षामा सहभागी हुन सूचित गरेको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह दोस्रो वर्षको स्थगित परीक्षाका परीक्षार्थीहलाई पायक पर्ने जिल्लाको तोकिएको परीक्षा केन्द्रमा गएर मात्र परीक्षामा सहभागी हुन सूचित गरेको छ।

२०७८ वैशाख महिनामा सञ्चालित स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा कोभिड–१९ को दोस्रो लहरका कारण बीचमै स्थगित भएपछि उक्त परीक्षाको समय तालिका परिवर्तन गरी साउन ५ गतेदेखि पूर्वनिर्धारित परीक्षा केन्द्रहरुमै बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएकाले केन्द्र परिवर्तन गर्ने कार्य एउटै जिल्लाभित्र र उपत्यकाबाट उपत्यकाकै अर्को केन्द्रमा गर्न नपाइने जनाएको हो।

पनिकाले पूर्वनिर्धारित परीक्षा केन्द्रमा उपस्थित भई परीक्षामा सामेल हुन असमर्थ परीक्षार्थीहरुलाई आफूलाई पायक पर्ने जिल्लाको तोकिएको परीक्षा केन्द्रका केन्द्राध्यक्षसँग सम्पर्क गरी आफ्नो प्रवेशपत्रको फोटोकपी र आफूले परीक्षा दिनुपर्ने विषयसहित निवेदन दिनुपर्ने जनाएको छ।

यसका साथै पनिकाले परीक्षा केन्द्रका सम्पूर्ण केन्द्राध्यक्षहरुलाई अन्य जिल्लामा केन्द्र परिवर्तन गर्ने परीक्षार्थीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको छ।

प्रकाशित: Jul 18, 2021| 09:23 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्