बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अव्यवस्थित पार्किङले अस्तव्यस्त भएपछि बुटवलमा ट्राफिकले कडाइ गर्ने

अव्यवस्थित पार्किङले अस्तव्यस्त भएपछि बुटवलमा ट्राफिकले कडाइ गर्ने

अव्यवस्थित पार्किङले लुम्बिनीको अस्थायी मुकाम बुटवल बजार अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

बुटवल- अव्यवस्थित पार्किङले लुम्बिनीको अस्थायी मुकाम बुटवल बजार अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले मुख्य बजार क्षेत्रमा पार्किङलाई व्यवस्थित बनाउन कडाइ गर्ने भएको हो।

केही दिनअघि मात्रै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले पार्किङकै कारण बुटवलको सुन्दरतामाथि नै प्रश्न उठेकाले नागरिक र व्यवसायीसँग सहकार्य गरी पार्किङ व्यवस्थापन गर्न लागिएको बताए।

आइतबार पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक थापाले बुटवल बजार क्षेत्रलाई पहिलो चरणमा ट्राफिक व्यवस्थापनमा चुस्त बनाउन पार्किङ होर्डिङ बोर्ड राख्न थालिएको बताए। ‘बढ्दो जनसंख्या र सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थापनमा थप कडाइ गर्न लागिएको छ, कसैले नियमत उल्लंघन गरे कडा कारबाही गर्छौँ’ उनले भने।

थापाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि नागरिकको क्षेत्रबाट सहयोगको अपेक्षा राखेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेतसहितका बोर्ड प्रदान गरेका छन्। 

बुटवल बजार क्षेत्रमा पार्किङ नभएकाले समस्या भएको बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश्वर पौडेलले बताए। उनले बजार क्षेत्रमा एकतर्फी पार्किङ गर्दा पनि समस्या भने समाधान नहुने बताए। ‘बुटवलमा दिगो रुपमा पार्किङको आवश्यकता छ’ उनले भने।

प्रकाशित: Jul 18, 2021| 09:11 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।