बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाको पक्षमा मत दिने सांसद एमालेमा रहँदैनन् : प्रवक्ता ज्ञवाली

देउवाको पक्षमा मत दिने सांसद एमालेमा रहँदैनन् : प्रवक्ता ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा नरहने बताएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसद एमालेमा नरहने बताएका छन्।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षीले सरकारलाई विश्वासको मत दिने कुरै हुँदैन भन्दै एमालेका कोही सांसदले देउवालाई मत दिए ती सांसद एमालेमा नरहेको स्वतः स्पष्ट हुने बताए। 

देउवाले प्रतिनिधिसभाको पहिलो दिनको बैठकमै विश्वासको मत लिने कुराले प्रश्नहरु पनि जन्माएको ज्ञवालीले बताए। माधव नेपाल पक्ष १० बुँदे सहमति कार्यान्वयनमा इमान्दार नदेखिएको उनको भनाइ थियो। 
 

प्रकाशित: Jul 18, 2021| 07:55 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।