बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालको बेडबाट झलनाथ खनालले भने– देउवालाई विश्वासको मत दिनुस्

अस्पतालको बेडबाट झलनाथ खनालले भने– देउवालाई विश्वासको मत दिनुस्

नेकपा (एमाले)का नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। 

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन एमाले सांसदलाई आग्रह गरेका हुन्। 

उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको पूरै समय देउवा सरकारले काम गर्ने बताएका छन्। सर्वोच्च अदालतको आदेशबाट २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। 

प्रकाशित: Jul 18, 2021| 07:33 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।