बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। देउवाले  स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई आइतबार बोलाएर यस्तो निर्देशन दिएका हुन्। 

निर्देशनका क्रममा देउवाले ‘कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बड र आईसीयूको प्रबन्ध गर्न’ निर्देशन दिएका हुन्। 

यस्तै प्रधानमन्त्री देउवाले देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: Jul 18, 2021| 06:30 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।