काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा माधवकुमार नेपाल भने उपस्थित भएका छैनन्।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्ने बताइएको छ। पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको भए पनि नेपाल पक्षीय नेता भने सहभागी भएका छैनन्।
एमालेले केन्द्रीय कमिटी बैठक सोमबारका लागि डाकिएको छ।