बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालसँग दोस्रो तहका नेताको छलफल निष्कर्षविहीन

माधव नेपालसँग दोस्रो तहका नेताको छलफल निष्कर्षविहीन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका दोस्रो तहका नेताहरूबीचको छलफल निष्कर्षविहीन बनेको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र  दोस्रो तहका नेताहरूबीचको छलफल निष्कर्षविहीन बनेको छ। नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका नेताहरू भीम रावल, सुवासचन्द्र नेम्वाङ, भीम आचार्य, विष्णु पौडेल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेबीचको छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेन।

विघटित कार्यदलका दुवैतर्फका सदस्य र माधव नेपालबीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।  एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू आफू निकट नेताहरूसँग छ्लफलमा जुटेका छन्।  उनीहरुबीच विश्वासको मत दिने नदिने र पार्टी विवादका विषयमा छलफल भएको बताइएको छ। तर, माधव नेपाल पक्षका केही सांसदले भने आफूहरूले विश्वासको मत दिने सार्वजनिक रूपमा धारणा राखिसकेका छन्।

प्रकाशित: Jul 18, 2021| 06:16 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।