बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुमतका लागि देउवालाई माधव नेपालका सात सांसदले मत दिए पुग्ने!

बहुमतका लागि देउवालाई माधव नेपालका सात सांसदले मत दिए पुग्ने!

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका हुन्।  
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका हुन्।  

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले धारा ७६ (४) को व्यवस्था अनुसार विश्वासको मत लिनेछन्। धारा ७६ (४)मा प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

देउवाले विश्वासको मत पाउन १३६ सांसदको मत आवश्यक पर्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सांसद् उपस्थित छन्। त्यसको बहुमत १३६ जना हो।  

कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८ र एक जनता स्वतन्त्र सांसद गरी ११० जना सांसदले देउवालाई विश्वासको मत दिनेछन्। देउवालाई प्रधानमन्त्री नयुक्त गर्न परमादेश माग्ने बेला जसपा उपेन्द्र यादव समूहका १२ जना सांसदले हस्ताक्षर गरेका थिए। तर, प्रतिनिधिसभा पुनःस्थापनापछि महन्थ ठाकुर र राजेन्द्र महतो समूहका सात सांसद आफ्नो समूहमा आएको दाबी यादव पक्षले गरेको छ। 

त्यसो हुँदा देउवाका पक्षमा १२९ सांसद पुग्छन्। त्यो भनेको विश्वासको मत सिद्ध गर्न पुग्ने संख्या भन्दा ७ कम हो। परमादेश माग गर्दा एमालेको माधव नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए। तर, देउवाले विश्वासको मत लिन नेपाल समूहका सात सांसदले मत दिए पुग्ने अवस्था आएको छ। यदि नेपाल समूहका २३ जना नै सांसदले विश्वासको मत दिए देउवाका पक्षमा १५३ जना सांसद पुग्नेछन्।

प्रकाशित: Jul 18, 2021| 05:43 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।