बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगमा इजलास बस्दै

जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगमा इजलास बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपाल मा देखिएको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासको बैठक आज आइतबार बस्दैछ। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल मा देखिएको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलासको बैठक आज आइतबार बस्दैछ। 

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको सहभागितामा बहस हुनेछ।। ‘बहसकर्ता धेरै रहेकाले आजै टुंगो लाग्न नसक्ने देखिन्छ,’ प्रवक्ता श्रेष्ठले भने।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो। यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ। 

जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्। आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आइतबार सशरीर निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले बताए।

जसपाको महन्थ–राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो भने उपेन्द्र–बाबुराम पक्ष ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा सहभागी भएको थियो। उपेन्द्र–बाबुराम पक्ष शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने तयारीमा छ।

प्रकाशित: Jul 18, 2021| 05:43 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।