काठमाडौं- नेकपा एमाले (माधव नेपाल समूह)का सांसद मेटमणि चौधरीले संसद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्। उनले नेपाल समूहले स्वतन्त्रपूर्वक देउवालाई भोट दिने बताएका हुन्।
‘हामी स्वतन्त्रपूर्वक विश्वासको मत दिन्छौं। संसद् जोगाउन कै लागि हस्ताक्षर गरेका थियौं,’ चौधरीले नेपाल समयसँग भने, ‘आज प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले हामी आफ्नोतर्फबाट मत दिन्छौं र सरकार जोगाउछौं।’
उनले संविधानको धारा ७६ (५) अनुसार सांसद स्वतन्त्र रहने भएकाले ह्विप नलाग्ने बताउँदै नेपाल समूहले देउवालाई विश्वासको मत दिने बताए।
अर्का सांसद झापट रावलले संसद्को निरन्तरता आफूहरूको बटमलाइन भएको बताएका छन्। ‘हाम्रो कार्यभार संसदको निरन्तरता र आत्मसम्मान सहितको पार्टी एकता हो,’ उनले भने।