काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा संसद् सचिवालयमा दर्ता भैसकेको संसद् सचिवालयले जनाएको छ।
आजै बस्ने दोश्रो प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिने छन्।
देउवालाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ छ।