बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे दोस्रो तहका नेता

वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे दोस्रो तहका नेता

नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाललाई भेट्न दोस्रो तहका नेता नेपाल निवास कोटेश्वर पुगेका छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाललाई भेट्न दोस्रो तहका नेता नेपाल निवास कोटेश्वर पुगेका छन्।

भीम रावल, सुवासचन्द्र नेम्वाङ, भीम आचार्य, बिष्णु पौडेल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेसहितका नेता छलफलका लागि कोटेश्वर पुगेका छन्। अहिले नेताहरूबीच पार्टी एकता जोगाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

देउवाले आजै विश्वासको मत लिने र एमालेको माधवकुमार नेपालपक्षले देउवालाई मत दिने बताइरहेका बेला विघटित वार्ता टोलीका सदस्य छ्लफलका लागि नेपाल निवास पुगेका हुन्। आजै ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकसमेत बोलाएका छन्।

प्रकाशित: Jul 18, 2021| 05:17 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।