काठमाडौं- जनता समाज वादी पार्टी (जसपा)ले संसदीय दलको बैठक डाकेको छ।
जसपाले दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको हो। बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने छ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक अपराह्न ४ बजे संसद अधिवेशन आह्वान गरिएको छ।
आजै देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमाले माधवकुमार नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।