बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। 

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ।

देउवा निकट स्रोतले विश्वासको मत लिनका लागि कार्यव्यवस्था परामर्श समितिमा कानुम मन्त्रालयले पत्र पठाउने तयारी गरेको जनाएको छ‍। 'प्रधानमन्त्रीजी आजै विश्वासको मत लिने निर्णयमा पुग्नुभएको छ। त्यहीअनुसार तयारी अघि बढेको छ', स्रोतले भन्यो।

यस्तै कांग्रेस सांसद् मीन बिश्वकर्माले  संसदीय दलको बैठक र प्रतिनिधि सभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसले ह्विप जारी गरिएको जानकारी दिए।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधान अनुरुप देउवाले आज विश्वासको मत लिने स्रोतले बताएको छ।

प्रकाशित: Jul 18, 2021| 04:25 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।