काठमाडौं- सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई माओवादीले ह्वीप जारी गरेको छ।