बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ। ​प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। 

सिंहदरबारमा बिहान १० बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभाको आठौं अधिवेशनको तयारी, दलहरूको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा सभामुखसहित, सत्तारुढ र प्रतिपक्षी दलका सचेतक तथा तोकिएका सांसदहरू सहभागी हुनेछन्।

बैठक सञ्चालन सम्बन्धमा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की र संसद् सचिवालयका अधिकारीसँग सिंहदरबारमा छलफल गरेका थिए।

प्रकाशित: Jul 18, 2021| 04:01 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।