कोहलपुर- बाँकेमा आइतबारदेखि ५ गतेसम्म नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।
स्वास्थ्य कार्यालयले जारी गरेको सूचना अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइनेछ।