धनगढी- वर्षायाम सुरु भएपछि मन ढुक-ढुक हुन्छ कैलालीको भजनीका नागरिकको। वर्षौदेखी नदी कटान र डुवानको समस्या खेप्दै आएका भजनी वासी हरेक वर्ष आफ्ना पीडा पोख्दै सरकार समक्ष पुग्दछन्। तर, हालसम्म आफ्ना पीडा बुझ्ने सरकार भजनी वासीले पाएका छैनन्।
पूर्वतर्फ कर्णाली, दक्षिणमा मोहना, उत्तरहबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको बिचमा भजनी नगरपालिका पर्छ। एक दिन वर्षा भए कुन नदी गाउँमा पस्नेहो भन्ने पीरले नगरवासीलाई जेठदेखिनै चिन्तित बनाउने गरेको छ।
‘चारै तीर नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन,’ भजनी नगरपालिका–४ का देवेस चौधरीले भने,‘जेठदेखिनै हामीलाई बाढीको चिन्ताले तर्साउँछ, तीन महिना राम्ररी सुत्न पनि सकिँदैन।’
भजनी नगरका करिव दुई हजार दुई सय परीवार हरेक वर्ष बाढीबाट पीडित हुँदै आएका छन्। हरेक बाढीमा सरकारी क्षेत्रबाट नदी सुरक्षाको कुरा उठ्ने गरे पनि कार्यान्वयन नहुने गरेको स्थानीयको गुनासो छ।
भजनी नगरका करिव दुई हजार दुई सय परीवार हरेक वर्ष बाढीबाट पीडित हुँदै आएका छन्। हरेक बाढीमा सरकारी क्षेत्रबाट नदी सुरक्षाको कुरा उठ्ने गरे पनि कार्यान्वयन नहुने गरेको स्थानीयको गुनासो छ। ‘हामीलाई सबै सरकारले आस्वासन मात्रै दिन्छन्,’ भजनी ७ लालबोझिका राम प्रसाद डगौराले नेपाल समयसँग भने, ‘तर, बचन पुरा गरेनन्, बाढी आउँदा दुई चार बोरा चामल दिएर पन्छिने गर्छन्।’

भजनीका अधिकांश नागरिक बाढी आउँदा जंगलमा बस्दै आएका छन्। उनीहरूले बाढी आउँदा बस्ने जंगलमै स्थायी बसोबासको मागसमेत गर्दै आएका छन्। तर, त्यसतर्फ पनि सरकारले चासो देखाएको छैन। भजनीस्थित चर्राका स्थानीय रमेश डगौराका अनुसार भजनीका नागरिकले नदीमा स्थायी ड्याम निर्माण गरिनु पर्ने वा बाढी नलाग्ने सुरक्षित स्थान (जंगल)मा स्थायी बसोवास गर्न दिइनु पर्ने माग राख्दै आएका छन्। तर, दुई वटै माग वर्षौदेखि कसैले सुनेका छैनन्। ‘हाम्रा दुई वटा माग मात्रै छन्,’ डगौराले भने, ‘वर्षौदेखि हाम्रा माग पुरा भएका छैनन्। अन्तै गएर बस्न पनि सकिँदैन।’
गत साउन १४ गते आएको बाढीका कारण घरवारबिहीन बनेका कैलालीका भजनी वासीले जंगलको उच्चो स्थान, नभए सडकमा हप्तौं बस्नुपर्ने बाध्यतालाई दिगो रूपमा समाधान होस् भन्ने माग प्राथमिकताका साथ राखेका थिए। स्थानीय लखन चौधरीले भने, ‘सोही मागलाई सुदूरपश्चिम प्रदेश सरकारले पुरा गर्ने आस्वासनसमेत दिएको थियो। तर, प्रदेश सरकारको आस्वासन पनि एक वर्षमै फेरियो, यस वर्षको बजेटमा हामीलाई कतै समेटिएको छैन।’
'हरेक वर्ष डुवानमा परेपछि राहत सामाग्री ल्याएर सरकारी तथा गैर सरकारी संस्था भजनी पुग्दछन्,’ उनले भने, ‘यो भन्दा डुवान क्षेत्रमा बस्ने हामीलाई सुरक्षित स्थानमा घर बनाउन दिएको भए समस्या सदाका लागि समाधान हुन्थ्यो।’
गत साउन १४ गते आएको बाढीका कारण घरवारबिहीन बनेका कैलालीका भजनी वासीले जंगलको उच्चो स्थान, नभए सडकमा हप्तौं बस्नुपर्ने बाध्यतालाई दिगो रूपमा समाधान होस् भन्ने माग प्राथमिकताका साथ राखेका थिए।
हरेक पटक डुवानपछि राहत तथा क्षेतिपूर्ति मै सरकारको करोडौं खर्च हुनेगरेको बताउँदै भजनीका शिक्षक रमेश बोहराले एक पटक डुवान हुने स्थानमा बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे समस्या दिगो रुपमा समाधान हुने बताए। उनले त्यसतर्फ कसैको ध्यान नपुगेको गुनासो गरे।
‘हामीले हरेक वर्ष सकरारलाई सुरक्षित स्थानको माग गर्दै आएका छौं,’ उनले भने, ‘तर, सकार डुवानपछि चाउचाउ र चिउरा लिएर आउँछ। हामीले यसरी कहिले सम्म बाँच्ने?’ उनले सुरक्षित स्थानमा एकिकृत घर निर्माण गर्न दिए भजनी वासीले हाल प्रयोग गर्दै आएको जमिनमा खेती गरेर बाँचन सक्ने बताए।
'डुवानपछि सस्तो लोकप्रियता कमाउन धेरैले दुई/चार पाकेट चिउरा र चाउचाउ लिएर आउने गरेका छन्,’ उनले भने, ‘त्यसले हाम्रो एक छाक टर्ला। तर, मनको त्रास र बाढीको चिन्ता हट्दैन। हामीलाई भोक भन्दा वर्षेनीको त्रास हटाउने ‘राहत’ चाहिएको छ।’
उसोत चुनावताका उम्मेदवार बनेका मेयर, वडा अध्यक्ष, प्रदेशसभा सदस्य तथा संघीय सांसदको एउटै एजेन्डा डुवान समस्या समाधान नै हुन्छ। तर, त्यो चुनावी नारामै सिमित हुने गरेको स्थानीयको गुनासो छ। 'चुनावताका भोटमाग्ने सवैले डुवान समस्या समाधान गर्ने आस्वासन दिए,’ स्थानीय देवीलाल डगौराले भने, ‘अहिले कोही फर्केर आउँदैनन्।’ उनी आकासमा कालो बादल देखिए भजनी वासीको मनमा बाढी आउने त्रास सुरु हुनेगरेको बताउँछन्।

भजनी-७ लालबोझीका मानबहादुर साउँदले भने, ‘वर्षा सुरु भएपछि पशु चौपायको व्यवस्थापन, घरको अन्नवाली कसरी जोगाउने अनी बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने पिरलो पर्छ।’ हरेक वर्ष वर्षायाम सुरु भएपछि बाढी नलाग्ने स्थान जंगल रोज्न हतारीनु आफूहरूको बाध्यता बन्नेको वडा नम्बर-७ कै राम प्रसाद डगौराले गुनासो गरे। नदीमा पानीको सतह बढेसँगै बस्तिमा ५/६ फिट पानी जम्ने उनी बताउँछन्। यस्तो अवस्थामा एक हप्ता भन्दा बढी जंगलको बास हुने गरेको उनले बताए। गाउँको विचमा बाँध जस्तै उच्चो हुलाकी सडक निर्माण भएपछि लालबोझिमा झनै डुवान समस्या बढेको उनले गुनासो गरे।
भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नदीमा ड्याम बनाएर डुवान समस्या समाधान गर्ने योजना रहे पनि बजेट अभाव प्रमुख समस्या हुने गरेको बताए। भजनीका करिब दुई हजारदेखि पच्चिस सय परिवार वर्षेनी डुवानको मार खेप्दै आएका छन्।
गाउँका चौकिदारसमेत रहेका उनले भने,‘पहिला मोहना र कान्द्रामा एकैपटक बाढी आए मात्रै डुवान हुने गर्दथ्यो। तर, अहिले दुवै नदीको विचमा ७ फिटसम्म उच्चो बनाएर हुलाकी सडक निर्माण गरिएको छ। जस्ले गर्दा एउटा नदीमा बाढी आउँदा पनि सडकका कारण पानी थुनिएर गाउँ डुवानको चपेटामा पर्छ।’ भारतले आफ्नो क्षेत्रमा धेरै बाढी आए कैलालसपुरी ड्याममा ढोका बन्द गर्ने गरेका कारण लालबोझिमा झनै डुवान हुने गरेको उनले बताए।
लालबोझिसँगै चर्रा, लवास्टपुर र दक्षिणपुर गाउँसमेत मोहना र कान्द्रा नदीको डुवान चपेटामा पर्दै आएका छन्। भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नदीमा ड्याम बनाएर डुवान समस्या समाधान गर्ने योजना रहे पनि बजेट अभाव प्रमुख समस्या हुने गरेको बताए। भजनीका करिब दुई हजारदेखि पच्चिस सय परिवार वर्षेनी डुवानको मार खेप्दै आएका छन्।
'ठूलो बस्ति भएकाले स्थानतरणको सम्भावना छैन। बरु नदीमा उचो ड्याम बनाएर डुवान समस्या समाधान गर्न सकिन्छ,’ उनले भने। वर्षेनी सवै भन्दा बढी क्षती कानद्रा नदीले पुर्याउँदै आएको उनले बताए। ‘सो नदीको दुवैतर्फ तट्बन्धन निर्माण गर्दै ड्याम निर्माण गर्न सके समस्या केही समाधान हुने देखिन्छ, यसका लागि प्रदेशदेखि केन्द्रीय सरकारसँग बजेट माग गरेका छौं,’ उनले भने। कान्द्रा नदी तथा आसपासको क्षेत्र रानी जमरा कुलरिया सिँचाई आयोजनाको क्षेत्राधिकार भित्र पर्ने बताउँदै मेयर चौधरीले नदीमा तट्बन्धनसहितको ड्याम निर्माणका लागि सोही परियोजनासँग समन्वय भइरहेको बताए।