काठमाडौं- महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिबाट खम्मबहादुर खातीले राजीनामा दिएका छन्। उनको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृति समेत गरेको काग्रेसले जनाएको छ।
समितिमा उनलाई सदस्यको जिम्मेवारी दिइएको थियो। खातीले शुक्रबारै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष पद तथा गोपनीयतको शपथग्रहण गरेका थिए।
यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा हुँदै आएपनि खातीको शपथग्रहण कार्यक्रम राष्ट्रपतिको कार्यालयमा राख्ने राष्ट्रपति विद्यादेवी भण्डारी अनिच्छुक भएपछि सर्वोच्चमै उनले शपथ लिएका थिए।