धनगढी- प्रहरीले ११० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय अर्जुन साउद रहेको प्रहरीले जनाएको छ।
नगरपालिकाको वडा नम्बर ४ राजीपुरमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ल प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले साउदलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।
प्रहरी नायव उपरीक्षक बिष्टले लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए। खुला सीमा नाकाका कारण कैलालीमा लागुऔषध कारोबार र सेवन गर्नेको संख्या उल्लेख्य छ।
प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई निस्तेज पार्न तदारुकताका साथ लागिपरेको बिष्टले बताए।
उनले शुक्रबार पनि कैलालीको टीकापुरबाट १४.९७ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित टीकापुर नगरपालिका–७ बैदीका ३६ वर्षीय लोकेन्द्र साउद र सोही ठाउँका २८ वर्षीय धनसिंह सुनारलाई पक्राउ गरेको बताए।