आइतबार, जेठ ३, २०८३

त्रिविले दियो २३ कलेजलाई एमबीएस कार्यक्रम सञ्चालनको स्वीकृति (सूचीसहित)

त्रिभुवन विश्वविद्यालयले २३ वटा क्याम्पसलाई व्यवस्थापन संकाय अन्तर्गतको एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २३ वटा क्याम्पसलाई व्यवस्थापन संकाय अन्तर्गतको एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ।

National life

विश्वविद्यालय कार्यकारी परिषद्को २०७८ असार २८ गतेको बैठकको निर्णय नं. ९२३ (१) र (२) अनुसार सम्बन्धन प्राप्त कलेजहरुलाई शैक्षिक सत्र २०७८/२०७९ देखि एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिने निर्णय गरेको व्यावस्थापन संकाय डिनको कार्यालयले जनाएको छ। 

सम्बन्धन प्रप्त गर्ने कलेजहरुमा उपत्यकाबाहिर २१ वटा र उपत्यकाभित्र काठमाडौंमा २ वटा कलेज छन्। 

स्वीकृति प्राप्त कलेजले कार्यक्रम सञ्चालनका लागि सम्बन्धन शुल्क बुझाएको बैंक भौचरसहित साउन १० गतेभित्र डीनको कार्यलयमा निवेदन पेश गर्न सूचित गरिएको छ। सम्बन्धन प्राप्त कलेजमध्ये काठमाण्डौं उपत्यकाभित्रका कलेजले ५ लाख र उपत्यका बाहिरका कलेजले २ लाख ५० हजार शुल्क बुझाउनु पर्ने विश्वविद्यालयले जनाएको छ।

No description available.

प्रकाशित: Jul 17, 2021| 13:04 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्