बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाको निर्देशन

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाको निर्देशन

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं कृयाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। 
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं कृयाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। 

प्रधानमन्त्री निविस बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका क्रममा घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बस्नेत एवं आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिन भित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि निर्देशन दिएको जानकारी दिए। 

कृयाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेका समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने कांंग्रेसको ठहर छ। छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले कुटपिट गरेको थियो।

प्रकाशित: Jul 17, 2021| 12:51 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।