बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : माओवादीका तर्फबाट एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

प्रदेश २ : माओवादीका तर्फबाट एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

माओवादी केन्द्रबाट मन्त्रीहरुले शपथ ग्रहण गरेसँगै प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। 
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

जनकपुरधाम- माओवादी केन्द्रबाट मन्त्रीहरुले शपथ ग्रहण गरेसँगै प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। 

प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवी कर्णले मन्त्री र राज्यमन्त्री पदको पद तथा गोपनियताको शपथ लिएका हुन्। नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका छन्। त्यस्तै राज्यमन्त्री कर्णलाई आन्तरिक मामिला तथा संचार राज्यमन्त्रीको शपथ मुख्यमन्त्री लालबाबु राउतले गराएका हुन्।

साहलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो। 

नवनियुक्त दुवै मन्त्रीले शपथमा ईश्वर शब्द छुटाएका थिए। मन्त्री साहले ईश्वरको साटो कुनै शब्द उच्चारण गरेका थिएनन्। राज्यमन्त्री कर्णले भने ईश्वरको साटो सहिद शब्द उच्चारण गरिन्।

मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने मन्त्री साहको प्रतिबद्धता 

नवनियुक्त दुवै मन्त्रीको शपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएको थियो। तर शपथ ग्रहण समारोह डेढ घण्टा अबेर गरेर मात्रै सुरु भएको थियो। नवनियुक्त मन्त्री साहले शपथको भाषाको विषयमा कुरो नमिलेका कारण ढिलो सुरु भएको थियो।

No description available.
मुख्यमन्त्रीसँग शपथ लिँदै राज्यमन्त्री कर्ण

मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए। तर कानून अभावका कारण राष्ट्रिय भाषा नेपालीमा शपथ लिनुपरेको मन्त्री साहले बताए। शपथ ग्रहणलगत्तै उनले मातृभाषामा शपथसम्बन्धी अध्यादेश ल्याउने प्रतिबद्धता व्यक्त गरे।

यता नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख झालाई मैथिली भाषामा प्रतिकात्मक शपथको पत्रसमेत बुझाएका थिए।
यसअघि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट आन्तरिक मामिला तथा संचार मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रहेका सरोजकुमार सिंहले राजीनामा दिएका थिए।

प्रकाशित: Jul 17, 2021| 12:25 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।