बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा साधुको शंकास्पद मृत्यु

कञ्चनपुर जिल्लामा पर्ने प्रसिद्ध धार्मिक, तथा पर्यटकीय स्थल लिंगामा बस्दै आएका एक साधुको शंकास्पद मृत्यु भएको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

धनगढी– कञ्चनपुर जिल्लामा पर्ने प्रसिद्ध धार्मिक, तथा पर्यटकीय स्थल लिंगामा बस्दै आएका एक साधुको शंकास्पद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार वेदकोट नगरपालिका–४ स्थित शिव लिंगेश्वर धाममा बस्दै आएका ७५ वर्षीय साधु किसन नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। 

उनको शव पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाइएको छ। ‘प्रारम्भिक अनुसन्धानले हत्या गरिएको खास्सै प्रमाण भेट्टाएको छैन’, प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं, घटनास्थल सिल गरिएको छ।’ 

साधु केही दिनअघि बिरामी परेको भन्ने जानकारी आए पनि त्यसको पुष्टि नभएको उनले बताए। पोस्टमार्टम रिपोर्टपछि थप जानकारी हुने उनले बताए। 

प्रकाशित: Jul 17, 2021| 11:01 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।