बिहीबार, भदौ ४, २०८३

वर्षेनी हुने नदी कटानले सीमा स्तम्भ जोगाउनै मुस्किल

नेपाल-भारत सीमावर्ती क्षेत्र भएर पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी कटानले सीमा स्तम्भ हराउने, भत्किने र पुरिने गरेको छ। 
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

धनगढी- नेपाल-भारत सीमावर्ती क्षेत्र भएर पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी कटानले सीमा स्तम्भ हराउने, भत्किने र पुरिने गरेको छ। 

मोहना नदीले सीमा क्षेत्रका कतिपय ठाउँमा कटान गरेर धार परिवर्तन गरेका कारण सीमा स्तम्भ हराउने, भत्किने र पुरिने समस्या भएको हो। 

आर्थिक वर्ष २०७६/०७७ मा नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर ४ का प्रमुखको जिम्मेवारीमा रहेका सुदर्शन सिंह धामीले मोहना नदीले धार परिवर्तन गर्दा सीमा स्तम्भ भत्किने, पुरिने वा हराउने समस्या रहेको बताए।

धामीले नदीले कटान गरेर धार परिवर्तन गरेको ठाउँमा सीमा स्तम्भको सुरक्षा गर्न समस्या भएको बताए। ‘कैलालीको फूलबारी क्षेत्रमा मोहना नदीले धार परिवर्तन गरेकै कारण उत्पन्न सीमा विवाद टुंगिन सकेको छैन’ धामीले भने, ‘नदीले पुरानो धार परिवर्तन गरेकै कारण यो ठाउँमा रहेको ७४२ नम्बरको मुख्य सीमा स्तम्भ र ७४१/१ तथा ७४२/२ नम्बर सहायक सीमा स्तम्भ हराएका छन्।’ फूलबारी क्षेत्रमा नदीले धार परिवर्तन गर्दा भारतको केही जग्गा नेपालतर्फ पर्न गएको धामीले बताए।

वर्षेनी नदी कटानको समस्या बढ्दै

कैलालीमा वर्षेनी नदी कटानको समस्या बढ्दै गएको छ। रोकथामको प्रभावकारी पहल हुन नसक्दा कटानको समस्या बढ्दै गएको हो। 

हरेक वर्ष नदी कटानले तटीय क्षेत्र आसपासका सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ।
उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गौरीगंगा, कान्द्रा काँडा, शिवगंगा, घुराहा र पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने गरेका छन्। 

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गरेको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, काँडा, खुटिया, गौरीगंगा, मोहनालगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ।

मोहना नदीबाट भइरहेको कटानलाई रोक्न तटबन्धनको कार्यक्रम ल्याए पनि अघि बढ्न सकेको छैन। कञ्चनपुरको महाकाली र दोदा, कैलालीको, खुटिया र मोहना नदीमा तटबन्धनको काम गर्ने जिम्मा कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयलाई छ। खुटिया र मोहना नदीमा अहिलेसम्म नदी नियन्त्रणसम्बन्धी प्रभावकारी काम हुन नसकेको स्थानीयको भनाइ छ।

नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र त्रास भोगिरहेका छन्। धनगढी उपमहानगरपालिका–३ का दुर्गाप्रसाद ओझाका अनुसार मोहना नदीले हरेक वर्ष ७/८ मिटर कटान गरिरहेको छ। चार वर्षको अवधिमा मोहना नदीले करिब १० बिघा जग्गा कटान गरिसकेको ओझाले बताए।

प्रकाशित: Jul 17, 2021| 10:16 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।