काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
पाटी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अहिले ३ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने बताइएको छ।
कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए ।
सिन्धुपाल्चोककै केन्द्रीय सदस्य महोनबहादुर बस्नेतका कार्यकर्ताले घिमिरेमाथि हातपात गरेको आरोप छ।
यसबाहेक समसामयिक राजनीतिक घटनाक्रम, मन्त्री चयनलगायतका विषयमा समेत छलफल हुने बुझिएको छ।