काठमाडौं– एमाले स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। बैठक ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले बैठक पछिल्लो राजनीति घटनाक्रममै केन्द्रित हुने बताए।
पुनःस्थापित प्रतिनिधिसभाको बैठक भोलि नै बस्ने तयारी छ। यसअघि सत्तामा रहेको एमाले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रतिपक्षी बनेको छ। जिम्मेवार प्रतिपक्षको दलको भूमिका कसरी निर्वाह गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। बैठकले सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको थियो।