बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोइराला परिवारको ‘लञ्च मिटिङ’मा एकजना मात्र सभापति लड्ने सहमति

कोइराला परिवारको ‘लञ्च मिटिङ’मा एकजना मात्र सभापति लड्ने सहमति

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भएको सो भेटघाटमा शशांक, शेखर र सुजाता कोइरालाबीच यस्तो सहमति भएको हो।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्न भन्दै ‘लञ्च मिटिङ’मा कोइराला परिवारका तीन नेताबीच सभापतिका लागि एकजना मात्र मैदानमा उत्रने सहमति भएको छ।

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा भएको सो भेटघाटमा शशांक, शेखर र सुजाता कोइरालाबीच यस्तो सहमति भएको हो। ‘हामीबीच भद्र हिसावले कुराकानी भयो, पारिवारिक कुराकानी पनि भयो’, लञ्च मिटिङ सकिएपछि सुजाता कोइरालाले भनिन्, ‘महाधिवेशनमा एकजना मात्र उठ्ने कुरा भएको छ। एक हिसावले यसलाई सहमति मान्नुहोस्।’ 

तीन कोइरालाबीच समसामयीक राजनीतिका विषयमा छलफल भएको शेखर कोइरालाको सचिवालयले बताएको छ। सचिवालयका एक सदस्यले दिएको  जानकारी अनुसार उनीहरुबीच छलफलको मुख्य एजेन्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषय थियो। त्यस्तै, क्रियाशील सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भयो।

‘त्यो बाहेक पार्टी सभापति देउवाले नेतृत्व गरेको सकारमा मन्त्रि बन्ने र बनाउँने विषयमा पनि अनौपचारीक छलफल भएको छ’, उनले भने, ‘यो विषय भने कुनै ठोस निष्कर्ष निस्केको छैन।’

कांग्रेस नेतृ सुजाताले वर्तमान मन्त्रिपरिषद्मा आफू सहभागी हुनुपर्ने भन्दै दुई दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेकी थिइन्। सुजाताको फोनबारे देउवाले बिहीबार साँझ आफू निकट नेताहरुबीच चर्चा गरेका थिए। त्यसो त महामन्त्री शशांकले पनि उपप्रधानसहित महत्त्वपूर्ण मन्त्रालय पाए सरकारमा सहभागी हुने इच्छा जाहेर गरिसकेका छन्।
 

प्रकाशित: Jul 17, 2021| 08:40 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।