बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाललाई भेट्न दाहाल कोटेश्वरमा, भेटवार्ता जारी

माधव नेपाललाई भेट्न दाहाल कोटेश्वरमा, भेटवार्ता जारी

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्। नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको छ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था, यसअघिको पाँच दलीय विपक्षी गठबन्धन (हाल सत्तारुढ) को अबको चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेश र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने परमादेशपछि नेता नेपालले आफूहरु अब देउवा नेतृत्वको गठबन्धनमा नरहेको जानकारी गराएका थिए।

योसँगै देउवा नेतृत्वको सरकारले संसदबाट एक महिनाभित्र लिनुपर्ने विश्वासको मत गुमाउन सक्ने आंकलन गरिएका बेला दुई नेताबीचको भेटलाई महत्वका साथ हेरिएको छ। हाल देउवा नेतृत्वको सरकारमा माओवादीबाट दुई जना मन्त्री भएका छन्।

गठबन्धनका अन्य दललाई सरकारमा सहभागी गराउने प्रयास भइरहे पनि सफल हुन सकेको छैन।
 

प्रकाशित: Jul 17, 2021| 08:25 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।