बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मन्त्री चाहियो' भन्दै देउवालाई सुजाताको फोनपछि तीन कोइराला लन्च मिटिङमा

'मन्त्री चाहियो' भन्दै देउवालाई सुजाताको फोनपछि तीन कोइराला लन्च मिटिङमा

महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइरालाबीच अहिले छलफल भइरहेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्न भन्दै कोइराला परिवार 'लन्च मिटिङ'मा बसेका छन्। महामन्त्री शशांक कोइराला निवास महारजगन्जमा शशांक, शेखर र सुजता कोइरालाबीच छलफल भइरहेको छ।

शेखर कोइरालाको सचिवालयले दिएको जानकारीअनुसार उनीहरुबीच मुख्य एजेन्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको हो। यस्तै, क्रियाशील सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भइरहेको छ।

‘विशेषतः तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्नै बैठकको मुख्य विषय हो’, शेखर सचिवालयका एक सदस्यले भने, ‘संस्थापन साझा सभापतिको उम्मेद्वार बनाउने विषय छुट्ने कुरै भएन।’

आसन्न महाधिवेशनमा कोइराला परिवारका तीनै नेताहरुले सभापतिमा उम्मेदवार बन्ने बताइसकेका छन्। नेत्री सुजता कोइरालाले सहमति बन्ने अवस्था आए आफू पछि हट्ने भने पनि शशांक र शेखर जुनसुकै अवस्थामा महाधिवेशन लड्ने बताइरहेका छन्।

कांग्रेस नेतृ सुजाताले वर्तमान मन्त्रिपरिषद्मा आफू सहभागी हुनुपर्ने भन्दै दुई दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेकी  थिइन्। सुजाताको फोनबारे देउवाले बिहीबार साँझ आफू निकट नेताहरुबीच चर्चा गरेका थिए। त्यसो त महामन्त्री शशांकले पनि उपप्रधानसहित महत्त्वपूर्ण मन्त्रालय पाए सरकारमा सहभागी हुने इच्छा जाहेर गरिसकेका छन्।

प्रकाशित: Jul 17, 2021| 07:23 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।