बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले भने– बालुवाटारबाट निस्किएपछि रिल्याक्स महसुस गरिरहेको छु

ओलीले भने– बालुवाटारबाट निस्किएपछि रिल्याक्स महसुस गरिरहेको छु

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट निस्केपछि आफूले ‘रिल्याक्स’ महसुस गरिरहेको बताएका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट निस्केपछि आफूले ‘रिल्याक्स’ महसुस गरिरहेको बताएका छन्। शनिबार बिहान उनको निवास बालकोट पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुसँग ओलीले उक्त कुरा बताएका हुन्। ‘लामो समयदेखि धपेडी भयो अहिले आराम गरिरहेको छु,’ ओलीलाई उधृत गर्दै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘अहिले रिल्याक्स महसुस भइरहेको छ।’ 

‘लामो समयदेखि धपेडी भयो अहिले आराम गरिरहेको छु,’ ओलीलाई उधृत गर्दै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘अहिले रिल्याक्स महसुस भइरहेको छ।’ 

सर्वोच्च अदालतको परमादेशपछि मंगलबार प्रधानमन्त्रीबाट बाहिरिएका ओलीलाई भेट्न ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा  बालकोट पुगेका थिए। आफूहरु शिष्टाचार भेटवार्ताका लागि ओलीलाई भेट्न गएको नेता भण्डारीले जानकारी दिए। 
‘सहयोगीका नाताले हिजो सँगै बस्यौं अहिले उहाँ बालुवाटारबाट बालकोट आएपछि शिष्टाचार भेटघाट गर्न गएका हौं,’ उनले भने, ‘अरू धेरै केही कुरा भएन। उहाँले केही दिन आराम गर्ने र त्यसपछि छलफल गरौंला भन्नुभयो।’

ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुर पक्षसँग भेटवार्ता भएको हो।  आफ्ना माग सम्बोधन भएपछि जसपा गत जेठ २१ गते ओली नेतृत्वको सरकारमा गएको थियो। जसपाभित्र ओलीलाई साथ दिने नदिने विवादकै कारण अहिले पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगसम्म पुगेको छ।

प्रकाशित: Jul 17, 2021| 06:41 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।