बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले नेता विष्ट भन्छन्, एमालेलाई कुनै पनि सर्तमा एकताबद्ध बनाउँछौं

एमाले नेता विष्ट भन्छन्, एमालेलाई कुनै पनि सर्तमा एकताबद्ध बनाउँछौं

एमाले सचिव गोकर्ण विष्टले दोस्रो तहका नेताहरु कुनै पनि सर्तमा पार्टीलाई एकताबद्ध बनाउन सक्रिय रहेको बताएका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– एमाले सचिव गोकर्ण विष्टले दोस्रो तहका नेताहरु कुनै पनि सर्तमा पार्टीलाई एकताबद्ध बनाउन सक्रिय रहेको बताएका छन्।
सिंहदरबारस्थित पार्टी संसदीय दलमा अनौपचारिक छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘कुनै पनि सर्तमा एकताबद्ध बनाउछौं भनेर नै हामी लागिरहेका छौं,’ उनले भने, ‘त्यसैले अनौपचारिक छलफल गरेका हौं।’

सबैको गम्भीर सरोकार भनेको पार्टी एकतालाई जोगाउने रहेको भन्दै उनले दसबुँदे सहमतिलाई आधार बनाएर पार्टी एकता कसरी जोगाउने भन्ने तर्फ नै छलफल केन्द्रित रहेको बताए।  ‘नेकपा एमालेलाई एकताबद्ध गर्न आमपार्टी पंक्ति चिन्तित छ। लामो समयको योगदानबाट निर्माण भएको पार्टीलाई एक बनाउन हामीले चिन्ता गर्नु स्वाभाविक नै हो,’ विघटित कार्यदलका सदस्य समेत रहेका उनले भने, ‘प्रयत्न जारी राख्नुपर्दछ। नेताकार्यकर्तामा देखिएको चिन्तालाई ध्यानमा राख्नुपर्छ।’

एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको सहमति अनुमोदन गर्दै शुक्रबार स्थायी कमिटी बैठकले कार्यदल भंग गरेको छ। शुक्रबार बसेको एमाले स्थायी कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि एमाले विवाद थप चुलिएको छ। विवाद चुलिँदै गएपछि समाधानका लागि दोस्रो तहका नेताहरू सक्रिय भएका हुन्।

प्रकाशित: Jul 17, 2021| 06:20 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।