बिहीबार, भदौ ४, २०८३

ओली भेट्न जसपा नेता ठाकुर बालकोटमा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली सत्ताबाट बाहिरिएपछि जसपाका नेताहरूले ओलीसँग भेट गरेका हुन्। ठाकुरका साथ राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। 

जसपा नेता राजेन्द्र महतो नेतृत्वमा जेठ २१ गते सरकारमा सहभागी भएको थियो। तर असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद् असंवैधानिक ठहर गरेपछि उपप्रधानमन्त्री बनेका महतोको पद गएको थियो। असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिएका थिए। 

जसपाको उपेन्द्र यादव पक्षले कांग्रेसलाई समर्थन गर्दै आएको छ भने ठाकुर समूहले एमालेको ओली पक्षलाई समर्थन गरिरहेको छ। यसै कारण जसपा विवाद उत्कर्षमा पुगेको छ। जसपा विवादबारे आइतबार निर्वाचन आयोगमा छलफल हुने कार्यक्रम छ।

प्रकाशित: Jul 17, 2021| 05:59 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।