आइतबार, चैत ८, २०८२

भारतमा कोरोना महामारीको तेस्रो लहरलाई लिएर चिन्ता

भारतमा कोरोना भाइरसको तेस्रो लहरले बढी प्रभावित बनाउने चिन्ता व्यक्त गरिएको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

भारतमा कोरोना भाइरसको तेस्रो लहरले बढी प्रभावित बनाउने चिन्ता व्यक्त गरिएको छ।

National life

भारतको केन्द्र सरकारले पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमताको विकास भइनसकेको र तेस्रो लहरले बढी दुःख दिने बताएको हो।

भारतका विज्ञहरूले कोरोना महामारी रोक्नका लागि अगामि १ सय २५ दिन महत्वपूर्ण साबित हुने बताएका छन्।

भारत नीति आयोगका सदस्य डा. वीके पालले कोरोनाको तेस्रो लहरबाट बच्ने एक मात्रै उपाय पूर्ण स्वास्थ्य मापदण्डको पालना रहेको जनाएको छ।

'कोरोनाको तेस्रो लहर आउँदै छ, जुन निकै जोखिमपूर्ण हुने छ। यसलाई पराजित गर्न सबैले लाग्नुपर्छ। कोरोनाविरुद्धको लडाइएमा अगामी १ सय २५ दिन निकै कठिन हुनेछन्,’ डा. पालले भनेका छन्।

Laxmi sunrise bank
kumari

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बताउँदै उनले कोरोनाको तेस्रो लहरले गति लिइसकेको बताएका छन्। उनले कोरोनाको तेस्रो लहरलाई सामान्य रूपमा लिन नहुने जनाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले जनजीवन सामान्य बनाउन लकडाउन खुकुलो बनाएपछि स्वास्थ्य मापदण्ड पालना नभएको बताएको छ।

स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो भएपछि भीडभाड बढेको र मास्कसमेत नलाउनेको संख्या बढेको जनाएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रनलयका संयुक्त सचिव लव अग्रवालले लकडाउन खुकुलो बनाएपछि स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेको संख्या बढेको बताएका छन्। 

उनले मास्कलाई सामान्य जनजीवनसँग जोड्समेत आग्रह गरेका छन्। पछिल्लो दिनमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।

भारतका केरला, कर्नाटक, महाराष्ट्र, आन्ध्र प्रदेश, तामिलनाडु र ओेडसा राज्यमा संक्रमण दर उकालो लागेको भन्दै त्यहाका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेका छन्।

प्रकाशित: Jul 17, 2021| 01:56 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्