शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, कुन समूहबाट कसको चर्चा?

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, कुन समूहबाट कसको चर्चा?

कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६ वटा मन्त्रालय मात्रै पाउनेछ।  
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुअघि कांग्रेसमा मन्त्री छान्ने प्रयास भइरहेको छ। विषम परिस्थितिमा सरकारको नेतृत्व गर्नु परेकाले 'सक्षम'लाई मात्र सिफारिस गर्न देउवाले आग्रह गरेका छन्। 

कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ। तर, गठबन्धनको सरकारमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना रहेको देउवा निकट नेताहरू बताउँछन्। त्यसमा पनि माधवकुमार नेपाल समूह सरकारमा आउने अवस्थामा कांग्रेसले ६ वटा मन्त्रालय मात्रै पाउनेछ।  

देउवाले पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन्। दुवै देउवा निकट नेता हुन्। अब कांग्रेसले बढीमा ६ वटा मन्त्रालय पाउनेछ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ।

देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा. नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’ 

पौडेललाई चार मन्त्रालय दिन देउवा सहमत नरहेको देउवा निकट नेताको दावी छ। देउवा समूहबाट दोस्रो चरणमा पुष्पा भुसाल मन्त्री बन्ने लगभग निश्चित रहेको देउवा निकट स्रोत बताउँछ। ‘हाम्रो समूहबाट भुसालजी मन्त्री बन्ने लगभग निश्चित बनेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘डा. नारायण खड्कासमेत मन्त्री बन्ने सम्भावना धेरै छ।’ 

सुजता कोइरालाले परराष्ट्रमन्त्री दावी गरेकी छन्। कांग्रेसले परराष्ट्र पाएको र कोइराला मन्त्री नबनेको खण्डमा देउवाले खड्कालाई जिम्मेवारी दिने विश्लेषण देउवा निकटका नेताहरूको छ।

पौडेल समूहबाट महामन्त्री डा. शशांक कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको दावी गरेका छन्। कोइराला मन्त्री नबने उनको सिफारिसमा डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने स्रोत बताउँछ। रामचन्द्र पौडेलले भने दिलेन्द्र बडुलाई मन्त्री बनाउन लबिङ गरिरहेका छन्। सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी भएको बताइएको छ।

प्रकाशित: Jul 16, 2021| 12:09 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।