आइतबार, चैत ८, २०८२

खोप केन्द्र व्यवस्थित बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

पछिल्लो समय खोप केन्द्र सीमित हुँदा लाइन लामो हुने र अव्यवस्थित देखिएको गुनासो आइरहेका बेला देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र व्यवस्थित बनाउन र खोप अभियान प्रभावकारी बनाउन मुख्यसचिव र स्वास्थ्य सचिवालाई निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर देउवाले खोप केन्द्र व्यवस्थित बनाउन निर्देशन दिएका हुन्।

National life

पछिल्लो समय खोप केन्द्र सीमित हुँदा लाइन लामो हुने र अव्यवस्थित देखिएको गुनासो आइरहेका बेला देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।

‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार (खोप)केन्द्रहरू बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ देउवाले ट्विटमा लेखेका छन्।

प्रकाशित: Jul 16, 2021| 09:59 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्