काठमाडौं- नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताका विषयमा विवाद हुँदा सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि शुक्रबार दिउँसो हातपात गरेका हुन्। हातपात गर्नेहरू कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत समर्थकहरू भएको बताइएको छ।
सिन्धुपाल्चोकको क्रियाशील सदस्यताको विवादलाई लिएर क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात भएको हो।
आफूहरू निकटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेमाथि हातपात भएको हो। काठमाडौं गौशालास्थित छानबिन समितिको कार्यालयमा नै पुगेर उनीहरुले घिमिरेमाथि हातपात गरेका हुन्।