बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिकाबारे छलफल हुँदै

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिकाबारे छलफल हुँदै

बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा.प्रकाश शरण महत र कोषाध्यक्ष सीता देवी यादव सहभागी छन्। 
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निसास बालुवाटरमा भएको बैठक दिउँसो ३ बजे सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्ने बताइएको छ। 

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेरका विषयमा छलफल गर्न लागिएको कांग्रेस स्रोतले बताएको छ। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ बाट महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका पास गरेको थियो।

असार ४ गतेको केन्द्रीय समितिले साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन १६ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने गरी मिति तय गरेको थियो। यस्तै साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गर्ने तय थियो।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पूर्ण बहादुर खड्का, सह-महामन्त्री डा.प्रकाश शरण महत र कोषाध्यक्ष सीता देवी यादव सहभागी छन्। 

यस्तै पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, डा. प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र मीनेद्र रिजाललगायतका नेताहरू सहभागी छन्।

यस्तै गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य नारायण खड्का, कार्यालयका मुख्यसचिव कृष्ण पौडेललगायतसमेत उपस्थित छन्। 

प्रकाशित: Jul 16, 2021| 09:28 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।