शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले स्थायी कमिटी बैठकले गर्‍यो दस सदस्यीय कार्यदल विघटन

एमाले स्थायी कमिटी बैठकले गर्‍यो दस सदस्यीय कार्यदल विघटन

नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदल स्थायी कमिटी बैठकले विघटन गरिदिएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदल स्थायी कमिटी बैठकले विघटन गरिदिएको छ। बैठकले समितिले  गरेको दसबुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए।

नेपाल समूहका नेताले भने बैठकप्रति असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई बैठक स्थगित गर्न भन्दै नेपाल समूहका नेता च्यासल पुगेका थिए। अध्यक्ष ओलीले बैठक रोक्न नमानेपछि उनीहरू बाहिरिएका थिए।

प्रकाशित: Jul 16, 2021| 08:03 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।