आइतबार, चैत ८, २०८२

'कोरोना संक्रमण नभए पनि कालो ढुसीको समस्या हुनसक्छ'

कोरोना संक्रमित नभएका मानिसमा पनि म्युकोमाइकोसिस् (कालो ढुसी)को जोखिम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- कोरोना संक्रमित नभएका मानिसमा पनि म्युकरमाइकोसिस (कालो ढुसी)को जोखिम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

National life

मन्त्रालयका अनुसार म्युकोमाइकोसिस प्राय जसो प्रतिरक्षा प्रणाली कमजोर भएका, मधुमेहका रोगी, स्टेरोइडको अत्याधिक प्रयोग गरेका तथा क्यान्सर रोग भएका व्यक्तिमा देखापर्न सक्छ। 

पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएका मानिसमा म्युकोमाइकोसिस्को जोखिम बढेको बेला स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नभएका मानिसमा पनि यस्तो समस्या देखिनसक्ने जनाएको छ।

विशेषगरी ४५ देखि ६५ उमेर समूहका मानिसमा,  डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू, धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरूमा म्युकोमाइकोसिस्को जोखिम बढी हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कालो ढुसी सामान्य प्रारभ्मिक लक्षणहरूमा अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने, ज्वरो आउने, दाँत दुख्ने वा हल्लिने, आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले घमिलो देख्नेलगाएतका समस्या देखिन्छन्। 

Laxmi sunrise bank
kumari

रोकथामका लागि स्वास्थ्य मन्त्रालयको सुझाव यस्तो छ
१. सफा र सुख्खा मास्क प्रर्योग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
३. व्यक्तिगत स्वच्छतामा ध्यान दिने
४. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
५. जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने
६. सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
७. स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

प्रकाशित: Jul 16, 2021| 07:20 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्