काठमाडौं– एमालेको जारी स्थायी कमिटी बैठक रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू बैठकस्थलमा पुगेका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभाकक्षमा भइरहेको बैठक रोक्न माग गर्दैै भीम रावललगायतका नेपाल पक्षीय कार्यदलका सदस्यहहरू बैठक स्थलमा पुगेका हुन्। नेता रावलले आफूहरू बैठक रोक्न माग गर्न आएको बताए।
सरकारबाट बाहिरिएपछि पहिलो पटक शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय पाउने ठाउँ अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन्।