काठमाडौं- पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ। पोखरामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ।
शुक्रबार बिहान ४ बजे हृदयघात भएपछि जिसीलाई मेडिप्लस अस्पताल लगिएको थियो। त्यहा उपचार हुन नसकेपछि मणिपाल अस्पतचाल फुलबारी लगिएको थियो।
मणिपालमा समेत उपचार हुन नसक्ने भएपछि मेयर जिसीलाई काठमाडौं ल्याउन लागिएको हो। हृदयघात भएका मेयरको शरीरको बाया अंग नचलेको र नशामा समस्या रहेको पुष्टि भएको छ।
जिसीलाई हेलिकप्टरमार्फत काठमाडौंको बासबारीस्थित न्यूरो अस्पताल ल्याउने तयारी गरिएको छ। उनी नेकपा एमालेबाट मेयर पदमा निर्वाचित व्यक्ति हुन्।