शुक्रबार, भदौ ५, २०८३

कैलालीमा ७८ दिनदेखि जारी निषेध आदेशलाई निरन्तरता

कैलालीमा ७८ दिनदेखि जारी निषेध आदेशलाई पुनः निरन्तरता दिइएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

धनगढी- कैलालीमा ७८ दिनदेखि जारी निषेध आदेशलाई पुनः निरन्तरता दिइएको छ। जिल्लामा बैशाख १६ गतेदेखि बन्द सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ्ग पुल, पार्क, मनोरञ्जन स्थल, जिमखान, पुस्तकालय, संग्रहालय, शिक्षण संस्था, समूहमा खेलीले दर्शकसहितको खेलकुद फेरी पनि सञ्चालन गर्न पाइने छैन। 

कैलाली प्रशासनले साउन ११ गतेसम्मलाई निषेध आदेशलाई निरन्तरता दिए पनि व्यापार व्यवसाय बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। 

सार्वजनिक सवारी साधन र नीजि सवारी साधन समेत यथावत रुपमा सञ्चालन हुने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरिएको निषेध आदेशमा उल्लेख छ।

प्रकाशित: Jul 16, 2021| 05:14 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।