शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटि र संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्ने भएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्ने भएको छ।

बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्ने छ। स्थायी कमिटि बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरूलाई पनि सूचना पठाइएको छ।

यद्यपी असन्तुष्ट समूह बैठकमा सहभागि हुने नहुने टुंगो छैन। नेपाल पक्षका कार्यदल सदस्यहरूकै सुझाव अनुसार स्थायी कमिटिको बैठक डाकिएको संस्थापन पक्षको दाबी छ।

आजै दिउसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदिय दलको बैठक पनि बस्दैछ। प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

प्रकाशित: Jul 16, 2021| 03:36 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।