काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेडरोस आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी नसकिएको भन्दै सचेत गराएका छन्।
कोरोना महामारीको अन्त्य अनिश्चित भएकाले सचेत बन्न उनको आग्रह छ। डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ।
संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन डब्ल्यूएचओको आग्रह छ।