शुक्रबार, भदौ ५, २०८३

रूपन्देहीमा सवारीमा जोर-विजोर हटाइयो

रूपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर-विजोर प्रणाली हटाइएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

बुटवल- रूपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर-विजोर प्रणाली हटाइएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो। बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको जानकारी दिए। साउन १५ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको छ।

ठूला-ठूला मेला, मेला तथा भीडभाड हुनेखालका कार्यक्रमहरूमा भने अझै पनि रोक लगाइएको छ। विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ।

प्रकाशित: Jul 16, 2021| 02:07 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।